दिपेन्द्र बने ग्लाेबल अार्इएमर्इका ब्राण्ड एम्बासडर

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१०
  • |
  • 200 पटक हेरिएको

फागुन १०, काठमाडाैं । युवा क्रिकेटर दिपेन्द्रसिंह एेरीलार्इ ग्लाेबल अार्इएमर्इ बैंकले प्रायाेजन गरेकाे छ ।

दिपेन्द्रलार्इ बैंकले एक बर्षका लागि चार लाखकाे प्रायाेजन गरेकाे हाे । काठमाडौंमा आयोजित एक कार्यक्रममा ग्लेलाेबल बैंकका तर्फबाट  सिर्इअाे जनक शर्मा पाैडेल र खेलाडी एेरीवीच सम्झाैता पत्रमा हस्ताक्षर भयाे ।  बैंकले दिपेन्द्रलार्इ बर्षिक ४ लाख बराबरकाे प्रायाेजन गर्नेछ । बैंकले मासिक २० हजार र बाँकी रकमकाे खेल समाग्री उपलब्ध गराउनेछ ।

सम्झौतापछि ग्लोबल आईएमईका सीईओ जनक शर्मा पौडेलले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको क्रिकेटका खेलाडीलाई ब्राण्ड एम्बासडर बनाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले भने, ‘क्रिकेटरहरुले आफ्नै बलबुताले यति राम्रो प्रदर्शन गरिरहेका छन्, सरकारी र निजी क्षेत्र मिलेर उनीहरुको स्तरबृद्धिमा लाग्नुपर्छ ।’

सीईओ पौडेलले थप एक जना खेलाडीलार्इ पनि प्रायाेजन गर्ने बताए । अहिले विभिन्न ब्यवसायिक क्षेत्रहरुले दुर्इ खेलाडीलार्इ प्रायाेजन गरिरहेका छन् ।

उनले आसन्न विश्वकप छनोटमा सहभागी हुन जाने नेपाली टोलीलाई जितको शुभकामना पनि दिए ।

कार्यक्रममा उपस्थित नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले व्यवसायिक क्षेत्रबाट भएका यस्ता कार्यक्रमले खेलाडीहरुलाई प्रेरणा मिल्ने भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।

त्यस्तै पूर्व राष्ट्रिय क्रिकेटर तथा क्रिकेट खेलाडी संघका अध्यक्ष पवन अग्रवालले खेलाडीहरुलाई यसरी गरिने आर्थिक सहयोगले करिअरको उच्च लयमै रहेको अवस्थामा खेल्न छाड्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने धारणा राखे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey