नालान्डा, स्किब्स र ग्रान्डलाई उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०९
  • |
  • 191 पटक हेरिएको

फागुन ९, काठमाडौं । आयोजक नालान्डा, स्किब्स र ग्रान्ड एकेडेमीले प्रथम नालान्डा कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि  जितेका छन् । नालान्डा सिनियर ब्वाइज, स्किब्स सिनियर गर्लस् र ग्रान्ड जुनियर ब्वाइजमा च्याम्पियन बने ।

बुधबार भएकाे सिनियर ब्वाइज फाइनलमा नालान्डाले होप भ्यालीलाई १७–१४ ले हरायाे ।

सिनियर गर्लस्  फाइनलमा स्किब्सले ओलम्पियालाई १०–४ ले हरायो । जुनियर ब्वाइजको उपाधि भिडन्तमा ग्रान्डले होली भिजनलाई ८–३ ले पाखा लगायो ।

सिनियर ब्वाइजमा नालान्डाका सन्जोग थापा, स्किब्सकी देबुना केसी तथा जुनियर ब्वाइजमा ग्रान्डका अनिश श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई राष्ट्रिय बास्केटबल खेलाडी विक्रम जोशी र नालान्डाका प्रिन्सिपल नारायणप्रसाद राईले एक कार्यक्रमबीच पुरस्कृत गरे । सोमबारदेखि सुरु प्रतियोगिताको तीनै विधामा समान ८–८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey