अर्किडको विजयी सुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-२९
  • |
  • 148 पटक हेरिएको
आयोजक अर्किड पुपिल सेकेन्डरी स्कुलले चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेको छ ।
काँडाघारीस्थित आफ्नै मैदानमा भएको उद्घाटन खेलमा अर्किडले नेपाल तारालाई ४–३ गोलले पराजित ग¥यो । अर्किडका योगेश विष्टले २ तथा ललित पुन मगर र शितल कार्कीले १–१ गोल गरे । नेपाल ताराका भुवन श्रेष्ठले २ तथा आशिष ढकालले १ गोल गरे । नेपाल ताराका भुवन ‘म्यान अफ द म्याच’ चुनिए ।
अर्को खेलमा अक्षरिकाले अंकुरलाई २–१ गोलले हरायो । अक्षरिकाका सन्देश चापागाईं र रोहन मगरले गोल गरे । अंकुरका भुवनउज्ज्वल खतिवडाले सान्त्वना गोल फर्काए । अंकुरका अभिनय राजवंशी ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगिताको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगितामा ४० टिमको सहभागिता रहेको छ । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । फाइनल फागुन ११ गते हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey