इबिए र पारामाउन्ट क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-१०
  • |
  • 180 पटक हेरिएको
आयोजक इडन ब्रिज एकेडेमी (इबिए) र पारामाउन्ट एकेडेमी प्रथम इबिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘सी’ बाट इबिए विजेता र पारामाउन्ट उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।
दुई खेल जितेको इबिएले ग्रिनल्यान्डलाई २६–२२ तथा फयुजन एकेडेमीलाई २०–१० ले पराजित ग¥यो । पारामाउन्टले भद्रकालीलाई १८–१४ ले हरायो ।
जुनियर ब्वाइजको अन्य खेलमा लालीगुराँसले भद्रकालीलाई १८–११, गोल्डेनपिकले नेपाल मोडेललाई १२–८, एन्जल्स हर्टले नेपाल मोडेललाई ३०–१८ र बीएनएले स्किब्सलाई २५–१५ ले पन्छाए ।
गल्र्सको थ्री बाइ थ्रीमा इबिएले ग्रिनल्यान्डलाई १०–५ ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । सोही समूहको उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न ग्रिनल्यान्डले बीएनएलाई ५–४ ले निराश पा¥यो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey