थ्री बाइ थ्री बास्केटबलमा नामी र ब्रिटिस सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-०७
  • |
  • 84 पटक हेरिएको

काठमाडौं, ७ माघ । आयोजक नामी कलेज ‘ए’ र ब्रिटिस मोडेल कलेज नामी कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नामी ‘ए’ ले ओरियन्टलाई १३–१२ को साँघुरो अन्तरले पराजित ग¥यो भने ब्रिटिसले ट्रिनिटी कलेजलाई ११–९ ले हरायो । त्यस्तै मल्पी ‘ए’ ले एसलाई १३–८ तथा मल्पी ‘बी’ लिटिल एन्जल्सलाई १४–७ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

सेमिफाइनलमा नामी ‘ए’ को भेट ब्रिटिससंग हुनेछ भने मल्पी ‘ए’ ले आफ्नै ‘बी’ टिम विरुद्ध प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल र फाइनल मंगलबार हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey