जेभियर क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-०७
  • |
  • 172 पटक हेरिएको

काठमाडौं, ७ माघ। जेभियर इन्टरनेसनल कलेज १८ औं ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लिगको अन्तिम खेलमा जेभियरले बर्नहार्टलाई ५२–३३ ले पराजित गर्दै समूह ‘डि’ को विजेता बन्यो । जेभियरका ऋतिक प्रधानले १९ अंक जोडे ।

पहिलो क्वाटरमा २१–४ को अग्रता लिएको जेभियर दोश्रो र तेश्रोमा क्रमशः ८–९ र ५–१२ ले पछि प¥यो । चौथो क्वाटर आफ्नो पक्षमा पारेको जेभियरले १८–८ अंक जोड्यो ।

क्वाटरफाइनलमा जेभियरको भेट ओमेगा इन्टरनेसनल कलेजसंग हुनेछ । अन्य क्वाटरफाइनल सीसीआरसी र इन्साइट भिजन, आयोजक ज्ञान निकेतन र ट्रिनिटी तथा ह्वाइटहाउस र टाइम्स कलेजबीच हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey