छोराछोरी र अविभावकवीच फुटसल प्रतिष्पर्धा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-०७
  • |
  • 179 पटक हेरिएको

नप्लेज । जुनियर फुटबल ऐकडेमीमा आबद्ध खेलाडी र उनीहरुका अविभावकवीच फुटसल प्रतियोगिता संचालन भयो ।

प्रतियोगितामा एकेडेमीमा प्रशिक्षणरत खेलाडी र उनीहरुका अविभावकले एउटै मैदानमा फुटसल खेलेका थिए ।

आइतबार सानेपास्थित ललितपुर फाइभ ए साइट फुट्सलमा सम्पन्न खेलमा उनीहरुले एक अर्काको मनोविज्ञान बुझ्ने, घरको वातावरण अझै शान्त र सहज हुने, मित्रवत् व्यवहार हुने, अभिभावकले छोराछोरीको लागि समय दिन पाउने, तथा बच्चाहरुको स्वभावको बारेमा अभिभावकलाई ज्ञान तथा अभिभावकको स्वभावको बारेमा बच्चाहरुलाई थप ज्ञान हुने हुनाले यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) तथा काठमाडौं जिल्लाबाट सम्बन्धन प्राप्त जेएफए नेपाल सन् २०१० मा स्थापना भएको एकेडेमी हो । जेएफएले विद्यालय शिक्षा हासिल गरिरहेका ५ वर्षदेखि १६ वर्षसम्मका विद्यार्थीहरुलाई प्याकेजमा फुटबल ट्रेनिङ गराइरहेको छ । साथै, ट्रेनिङमा अब्बल विद्यार्थीहरुलाई थप प्रशिक्षणको लागि अभ्यास भ्रमण अन्तर्गत थाइल्याण्ड, चीन लगायतका देशहरुमा समेत पठाइरहेको छ ।

हाल जेएफएले काठमाडौं उपत्यकामा रहेका ३ दर्जनभन्दा बढी विद्यालयमा फुटबल ट्रेनिङ प्रदान गरिरहेको छ भने शनिबार, आइतबार तथा सार्वजनिक बिदाको दिन बालुवाटारस्थित एक्लेस फुटबल तथा सानेपास्थित ललितपुर फाइभ ए साइट फुट्सलमा बिहान १० बजेदेखि १२ बजेसम्म ट्रेनिङ प्रदान गरिरहेको छ । साथै जेएफएले अनाथ तथा असाहय बच्चाहरुलाई भने निःशुल्क ट्रेनिङ सेवा पाइरहेका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey