काठमाडौं जिल्लाले निःशुल्क प्रशिक्षण दिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-०६
  • |
  • 163 पटक हेरिएको
काठमाडौं जिल्ला खेलकुद विकास समितिले काठमाडौंमा रहेका सामुदायिक विद्यालयमा निःशुल्क प्रशिक्षण दिने भएको छ ।
त्यसका लागि सम्बन्धित जिल्लाले समितिमा सम्पर्क गर्नु पर्ने समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जनाएका छन् ।
‘नयाँ अभियानका रुपमा हामीले यो प्रयासको थालनी गरेका हौं । यसका लागि इच्छुक सामुदायिक विद्यालयले हामीसंग सम्पर्क गरेको खण्डमा हामीसंग उपलब्ध विभिन्न खेलका प्रशिक्षकलाई सम्बन्धित विद्यालयमा प्रशिक्षणका लागि पठाउने व्यवस्था गर्ने छौं । खेल सामाग्री पनि हामीनै उपलब्ध गराउने छौं । यो कार्यका लागि कुनै शुल्क लाग्ने छैन ।’ अध्यक्ष न्यौपानेले भने ।
ओलम्पिकका लागि तेक्वान्दोको प्रारम्भिक छनोट
नेपाल तेक्वान्दो संघले जापानको टोकियोमा सन् २०२० मा हुने ओलम्पिक खेलकुदका लागि ३ पुरुष र २ महिला खेलाडीको प्रारम्भिक छनोट गरेको छ । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडीको प्रारम्भिक छनोट गरिएको तेक्वान्दो संघका प्रवक्ता दिपक विष्टले जनाएको छन् ।
छनोटमा नेपाल प्रहरी क्लबका खेलाडीको वर्चस्व रह्यो । ५ मध्ये प्रहरीका ४ खेलाडी प्रारम्भिक छनोटमा परे । बाँकी १ खेलाडी नेपाल आर्मी क्लबका रहे ।
पुरुष ५८ केजीमुनि प्रहरीका मनोज मल्ल पहिलो भए । फाइनलमा उनले आर्मीका सागर गुभाजुलाई २३–१६ ले पराजित गरे । ६८ केजीमुनि प्रहरीका वीरबहादुर महरा पहिलो भए । उनले फाइनलमा एपीएफ क्लबका उमेश राजभण्डारीलाई ३३–१२ ले हराए । ८० केजीमुनि फाइनलमा प्रहरीका निश्चलमान श्रेष्ठले आर्मीका रामहरि महतको चुनौती १४–१० ले समाप्त पार्दै शीर्ष स्थानमा रहे ।
महिला ४९ केजीमुनि आर्मीकी युनिशा राई पहिलो बनिन् । युनिशाले फाइनलमा एपीएफकी अस्मिता खड्कालाई २८–२० ले निराश पारिन् । ५७ केजीमुनि प्रहरीकी निमा गुरुङले आर्मीकी रेश्मा थापामाथि २०–८ को जित निकाल्दै पहिलो भइन् ।
एकदिने छनोटअन्तर्गत पुरुषमा ३ स्पर्धामा ३५ तथा महिलामा २ स्पर्धामा १३ खेलाडीले प्रतिस्पर्धा गरेको तेक्वान्दो मुख्य सहायक प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey