पदक विजेता राजु सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-१५
  • |
  • 193 पटक हेरिएको

काठमाडौं, १५  पुस । नेपाल खेलाडी तथा प्रशिक्षक संघले क्यानाडा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता राजु नगरकोटी आइतबार सम्मानित भएका छन् ।

गत सेप्टेम्बरमा क्यानाडाको भ्यानकुभरमा भएको उक्त प्रतियोगिताको पुरुष एकल पुम्सेमा राजुले कांस्य पदक जितेका थिए । उक्त स्पर्धामा १३ खेलाडी सहभागी थिए ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जन, डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनका संस्थापक डा. खगेन्द्र श्रेष्ठलगायतले राजुलाई खादा, दोसल्ला लगाइदिनुका साथै सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

राजु विगत १७ वर्षदेखि मकाउमा सेक्युरिटी सुपरभाइजरका रुपमा कार्यरत छन् । त्यसका अलावा राजु मकाउ तेक्वान्दो संघमा पनि को–ओर्डिनेटरका रुपमा आबद्ध भइ तेक्वान्दाको प्रशिक्षणमा संलग्न छन् । सम्मानित भएपछि राजुले विदेशीय पनि तेक्वान्दो प्रतिको लगाव र माया नघटेको बताउदै तेक्वान्दोमै समर्पित रहने बताए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey