पिइएफ बास्केटबलको उपाधि मोक्षदा र लभ्लीलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-१४
  • |
  • 171 पटक हेरिएको

प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) द्वारा आयोजित छैटौँ पिइएफ कप अन्तरस्कुल बास्केटबल टुर्नामेन्टको छात्रतर्फको उपाधि मोक्षदा स्कुलले जितेको छ भने छात्रातर्फको उपाधि लभ्ली एन्जल्स स्कुलले जितेको छ ।

मोक्षदा स्कुलमा सञ्चालित प्रतियोगिताको छात्रतर्फको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा मोक्षदाले लभ्ली एन्जल्सलाई २६–२४ ले पराजित गरी उपाधिमाथि कब्जा जमायो । सोही टुर्नामेन्टको छात्रातर्फको फाइनल प्रतिस्पर्धामा डिफेन्डिङ च्याम्पियन लभ्ली एन्जल्सले अनमोल ज्योतिमाथि १४–८ को फराकिलो जित निकाल्दै उपाधि रक्षा ग¥यो । प्रतियोगितामा छात्रतर्फ अनमोल ज्योति र दुर्गा भवानी क्रमशः द्वितीय र तृतीय भए भने छात्रातर्फ मिसन पब्लिक र न्यु सनसाइन स्कुलले क्रमशः द्वितीय र तृतीय स्थानमा कब्जा जमाए ।

प्रतियोगितामा छात्रतर्फको फेयर प्ले अवार्ड दुर्गा भवानीले हात पा-यो भने छात्रातर्फको फेयर प्ले अवार्ड न्यु सनसाइनले प्राप्त

ग-यो । प्रतियोगितामा छात्रतर्फको मोस्ट भ्यालुएबल प्लेयर मोक्षदाका रवि दास घोषित भए भने छात्रातर्फ लभ्ली एन्जल्सकी रेनिशा शाह मोस्ट भ्यालुएबल प्लेयर घोषित भइन् । त्यसैगरी छात्रतर्फको हाइएस्ट स्कोरर लभ्ली एन्जल्सका छिरिङ थिन्ले लामा भए भने छात्रातर्फकी हाइएस्ट स्कोरर अनमोल ज्योतिकी रेशा महर्जन भइन् ।

विजयी छात्रछात्रालाई प्रमुख अतिथि नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले पदक, प्रमाणपत्र तथा ट्रफी प्रदान गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey