अष्ट्रेलिया किर्तीमानी लक्ष्य पक्ष्याउन सफल, न्युजिल्याण्ड ५ विकेटले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०४
  • |
  • 218 पटक हेरिएको

न्युजिल्याण्ड विरुद्धको त्रिकोणात्मक टी–२० क्रिकेट श्रृखंलामा अष्ट्रेलिया ५ विकेटले विजयी भएको छ । टी–२० क्रिकेटमा अष्ट्रेलियाले अहिलेसम्मकै सर्वाधिक रन सफल रुपमा चेज गर्न सफल भयो ।

अक्ल्याण्डमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउदै २४३ रन बनायो । उसका लागि ओपनर मार्टिन गुप्टिलले १०५ तथा कोलिन मुर्नोले ७६ रनको योगदान गरे ।

गुप्टिलले ५४ बलमा ६ चौका र ९ छक्काको मद्दतले जित निकाल्न सफल भयो ।

जवाफमा अष्ट्रेलियाले १८ ओभर ५ बलमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरयो ।

अष्ट्रेलियाको जितमा डार्के जोन सोर्टले ७६ तथा कप्तान डेविड वार्नरले ५९ रनको योगदान गरे ।

यस्तै आरोन फिन्चले अविजीत ३६ र ग्लेन म्याक्सवेलले ३१ रनको योगदान गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey