क्योकुसिन कराते टोली भारत प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-११
  • |
  • 717 पटक हेरिएको

प्रथम अन्तर्राष्ट्रिय क्योकुसिन कराते च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार भारतको पश्चिम बंगाल प्रस्थान गरेको छ ।

डिसेम्बर २९ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमुनि रमेश दनुवार र गोपाललाल सिंहले प्रतिस्पर्धा गर्नेछन् । महिला खुला तौलसमूहमा मन्जु विकले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।

अफिसियलमा रेवती सापकोटा र मिनबहादुर गुरुङ रहेका छन् । टोलीलाई अन्तर्राष्ट्रिय फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल एसोसिएसन (आईएफकेके) का कार्यवाहक अध्यक्ष घनश्याम श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दामोदर नेपाल र ब्रान्च चिफ प्रेमबहादुर तामाङले एक कार्यक्रमबीच बिदाइ गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey