डाेपिङका कारण फेरी २ ओलम्पिक पदक विजेता निलम्बित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-१०
  • |
  • 266 पटक हेरिएको

डोपिङ परिक्षणको नतिजा सकारात्मक आएपछि लन्डन ओलम्पिकका २ च्याम्पियन सहित ५ भारत्तोलन खेलाडी तत्कालका लागि निलम्बनमा परेका छन ।

अन्तराष्ट्रिय भारोत्तोलन महासंघले जारी गरेको विज्ञप्ती अनुसार, अन्तराष्ट्रिय ओलम्पिक कमिटीले उनीहरुको पिसाव पुन परिक्षण गरेको थियो । जसको नतिजा सकारात्मक आएपछि तत्लकालका लागि पांचै जनालाइ निलम्बन गरिएको छ ।

निलम्बन हुनेमा सन २०१२ को लन्डन ओलम्पिकमा एक सय पांच केजी तौल समुहको स्वर्ण विजेता युक्रेनका ओलस्काइ टोरोक्टाइ, र ५६ केजी तौलमा कास्य जितेका बुल्गेरियन मुलका अजरबैजानका खेलाडी भ्यालेनटिन रिस्तोभ रहेका छन । उनीहरु दुवैले आफुले जितेको पदक गुमाउने प्रवल संभावना रहेको छ ।

एक सय पांच केजी तौलमा पांचौ स्थानमा आएका उज्वेकिस्तानका रुस्लान नुरुदिनोभ, बेलारुसका मिकालाइ नोभिकाउ र अर्मेनियाका मेलानी लुजाया निलम्बनमा परेका छन । नुरुदिनोभले सन २०१३ को विश्व च्यामिपयनसिप, २०१६ को रियो ओलम्पिक र को रियो ओलम्पिक र गत सेप्टेम्बरमा जाकार्तामा भएको एशीयन गेम्समा स्वर्ण जितेका थिए ।

भारोत्तोलन खेल पछिल्लो समय डोपिङका कारण ब्यापक रुपमा ओलचित भइरहेको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटीले , यदि यसमा सुधार नआए २०२४ को पेरिस ओलम्पिक बाट भारोत्तोलन अटाउने चेतावनी समेत दिइसकेको छ ।

भारोत्तोलन महासंघले पनि यो वर्षदेखी डोपिङका विषयमा कडा नियम कार्यन्वयनमा ल्याएको छ । जसले पुरै राष्ट्रलाइनै अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध लगाउन सक्छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey