भ्याली पब्लिक नेसनल युनाइटेड बास्केटबलकाे सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-०२
  • |
  • 254 पटक हेरिएको
नेप्लेज । भ्याली पब्लिक प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेसनल युनाइटेड स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा भ्याली पब्लिकले टीआईएलाई १३–७ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा सुजु गुरुङले ५ अंक योगदान गरिन् । गल्र्समै सदिक्षाको ८ अंक सहयोगमा चाँदबागले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २५–१० ले हरायो ।
ब्वाइजमा भ्याली पब्लिक र स्काइलार्कले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । भ्याली पब्लिकले बूढानीलकण्ठलाई २२–१० ले पन्छायो । विजेताका लक्ष्मण परियारले १२ स्कोर गरे । स्काइलार्कले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई २९–९ ले निराश पा¥यो । स्काइलार्कका हेमन्त मगरले १२ अंक बटुले ।
ब्वाइजकै अन्य लिगमा इबीएले नव ज्ञानभूमिलाई २२–१० तथा गोल्डेनपिकले आयोजक नेसनललाई ३४–२९ ले पन्छाए । इबीएका सुनील मल्लले १७ तथा गोल्डेनपिकका प्रवेश राईले २० अंक जोडे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey