एलए स्कुललाई दोहोरो उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२७
  • |
  • 153 पटक हेरिएको

नेप्लेज । आयोजक लिटिल एन्जल्स (एलए) ले तेश्रो एलए कपमा बिहीबार दोहोरो उपाधि जितेको छ । एलए गल्र्स बासकेटबल र गल्र्स फुटसलमा च्याम्पियन बन्यो ।

 गर्ल्स बास्केटबलमा एलएले जेभियर एकेडेमीलाई पराजित गर्यो । गर्ल्स फुटसलमा एलएले डिएभीलाई ४–१ गोलले हरायो । विजयी टिमका लागि मोनिका शाहीले ह्याट्रिक गरिन् भने उषा रायमाझीले १ गोल गरिन् ।

ब्वाइज बास्केटबल फाइनलमा ओमेगाले एलएलाई हराउँदै उपाधि जित्यो । ब्वाइजमा ओमेगाका हेमलाल श्रेष्ठ तथा गल्र्समा एलएकी सोनाम डिकी शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

ब्वाइज फुटबलमा सेन्ट लरेन्सले उपाधि चुम्यो । फाइनलमा सेन्ट लरेन्सले सेन्ट जेभियर्स, जावलाखेललाई २–१ गोलले पन्छायो । विजयी टिमका लागि अजय खड्का र रोकेश थापाले गोल गरे । जेभियर्सका डेविड घलेले १ गोल गरे ।

सेन्ट लरेन्सका हिमाल बढुवाल सर्वोत्कृष्ट खेलाडी चुनिए । गोलरक्षकमा सेन्ट लरेन्सका डुक्पा छिरिङ शेर्पा, डिफेन्डरमा एलएका मोहम्मद अक्रम तथा मिडफिल्डरमा जेभियर्सका डेविड घले उत्कृष्ट ठहरिए ।

प्रतियोगिताभर ७ गोल गरेका जेभियर्सका शिर्षक श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । प्लस टु स्तरीय प्रतियोगताका विजेतालाई अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कृष्ण थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey