क्युकेएस स्पोर्ट्स मिटमा जेम्स च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२३
  • |
  • 204 पटक हेरिएको

प्रथम क्युकेएस स्पोर्ट्स मिटमा जेम्स स्कुल आइतबार टिम च्याम्पियन बनेको छ । १ सय ६ अंकसाथ समग्रमा जेम्स टिम च्याम्पियन बनेको हो ।

क्वालिटीकाठमाडौं स्कुल (क्युकेएस) द्वारा आयोजित प्रतियोगितामा १ सय अंकमा रातो बंगला दोश्रो तथा ६७ अंकमा एलआरआई तेश्रो भए । ६० अंकसाथ त्रियोग चौथो तथा ५९ अंकसाथ संस्कृति पाँचौं स्थानमा रहे ।

कात्तिक ३० गतेदेखि सुरु स्पोर्ट्स मिटमा क्युकेएसमा आबद्ध विभिन्न २६ विद्यालय मध्ये १६ विद्यालयले भाग लिएका थिए । विभिन्न ५ खेल बास्केटबल, फुटसल, टेबलटेनिस, बुद्धिचाल र एथलेटिक्सको प्रतिस्पर्धा भएको थियो ।

बास्केटबलको ब्वाइज÷गल्र्स दुवैमा एलआरआईले उपाधि जित्यो । फुटसलको ब्वाइजमा एलआरआई तथा गल्र्समा संस्कृति पहिलो भए । टेबलटेनिस र बुद्धिचालमा त्रियोग पहिलो भयो भने एथलेटिक्समा रातो बंगला च्याम्पियन बन्यो ।

लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको स्पोर्ट्स मिटको समापनका अवसरमा क्युकेएसका अध्यक्ष कुमार थापा, संस्कृतिका प्रिन्सिपल दिलिप राणा, जेम्सका अध्यक्ष राजेश खड्कालगायतले एक पुरस्कृत गरे । खेलहरु क्युकेएसमा आबद्ध विभिन्न विद्यालयका हातामा भएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey