स्किब्स सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२०
  • |
  • 180 पटक हेरिएको

नेप्लेज । स्किब्स प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

दुई खेल जितेको स्किब्सले ग्रामरलाई ३४­­—२९ तथा जेनिअमलाई २०—१५ ले पराजित गर्यो । दुवै खेलमा सर्वाधिक स्कोर गर्ने क्रमा स्किब्सकी अप्सरा पौडेलले ग्रामर विरुद्ध ९ तथा जेनिअम विरुद्ध १५ अंक जोडिन् ।

जुनियर ब्वाइजमा पनि स्किब्स सेमिफाइनलमा पुगेको छ । स्किब्सले गौरीशंकरलाई १८–१२ ले हरायो । स्किब्सका विकास मगरले ८ अंक जोडे ।

हिमालय स्कुलद्वारा आयोजित प्रतियोगिताको प्लस टु सिनियर ब्वाइजतर्फ मोर्गनले कान्जिरोवालाई ६३–५० तथा साइपालले ब्लु बर्डलाई ५०–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । मोर्गनका रोशन तामाङले १४ तथा साइपालका सागर लामाले ९ स्कोर गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey