ड्याफोडिलले जित्याे बीअार्इबी इन्टरस्कुल बास्केटबल

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१९
  • |
  • 255 पटक हेरिएको

नेप्लेज । आयोजक बौद्ध इन्टरनेसनल स्कुललाई पराजित गर्दै ड्याफोडिल ‘ए’ ले तेश्रो बीआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको छात्रतर्फकाे उपाधि जितेको छ ।

बुधबार भएकाे फाइनलमा ड्याफोडिलले आयोजकलाई आङ्ग फुर्वा शेर्पाको १९ अंक मद्धतले ४६-२५ अंकले जित निकालेको हो ।

छात्रातर्फ भने एचएचसीए बिजयी भयो । एचएचसीएले स्किब्सलाई ४६-२६ अंकले पराजित गर्दै ट्रफी उचालेको हो । एचएचसीएको लागि अनिता सुनुवारले २५ अंक जोडिन् ।

प्रतियोगिताको मोष्ट भ्यालुएबल प्लेयरमा छात्रतर्फ ड्याफोडिलका आङ्ग फुर्वा शेर्पा र छात्रातर्फ एचएचसीएकी श्रीजा भुजेल रहिन् ।

बिजयी टिम तथा खेलाडीलाई साउथ साईडर्स बास्केटबलका संस्थापक ऋषि रोवर्टचन र आयोजक स्कुलका प्रिन्सिपल हरि लामाले पुरस्कार वितरण गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey