ढोरपाटन महिला भलिबलमा एपीएफ र न्यू डायमण्ड अपराजित यात्रा कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-०७
  • |
  • 230 पटक हेरिएको

माघ ७, काठमाडौं । १३ औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा एपीएफ क्लव र शिवम् न्यू डायमण्डको टोलीले अपराजित यात्रा कायमै राखेका छन् । त्यस्तै आइतबारको खेलमा नेपाल पुलिस क्लबले दोहोरो जित हात पारेको छ ।

गोंगबु स्थित नयाा बसपार्कको मैदानमा जारी प्रतियोगिताको तेस्रो दिन पुलिसले पारामाउण्ड हाई स्कुुल र स्प्रिङ्डल स्कुललाई हरायो । स्प्रिङडल विरुद्ध पुलिसले २५–१२, २५–१३ र २५–११ को जित निकाल्यो । यस अघिको खेलमा पुलिसले पारामाउण्ट स्कुललाई २५–१४, २५–८ र २५–८ को सेटमा हराएको थियो ।

एपीएफ र शिवम् न्युडामयण्डले पनि आइतबार आ–आफ्नो खेलमा जित हात पारे । अहिलेसम्म अपराजित रहेको न्यु डायमण्डले श्रीगाउा विकास खेलकुद विकास समितिको टिमलाई ३–० कै सेटमा पाखा लगायो । प्रतियोगिताकै दाबेदार मध्यको एक न्युु डायमण्डले श्रीगाउा विरुद्ध २५–११, २५–१५ र २५–८ को जित निकालेको थियो । यस्तै एपीएफले मेघौली स्पोर्टस क्लबलाई २५–५, २५–९ र २५–११ को सहज सेटमा पराजित गर्‍यो ।

न्युडायमण्ड संग पराजित भएको श्री गाउाले आजको पहिलो खेलमा भने थ्रीस्टार एकेडेमीलाई २५–१३, २५–३ र २५–१५ ले हराएको थियो ।

आजको अन्तिम खेलमा पोखराको टप्स माविले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा स्तब्ध बनायो । टप्सले आर्मी विरुद्ध २५–१८, २१–२५, २५–२१ र २५–२१ को जित हात पारेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey