रत्नजित र दिपेश राष्ट्रिय खुला ब्याडमिन्टनको क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०७-२८
  • |
  • 206 पटक हेरिएको

नेपाल च्याम्पियन रत्नजित तामाङ्ग र एपिएफका दिपेश धामी पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन । महिला तर्फ साविक विजेता जेशिका गुरुङले पनि अन्तिम आठमा स्थान बनाइन ।

पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताका लगातार छ पटकका विजेता त्रिभुवन आर्मीका तामाङ्गले प्रिक्वटारफाईनलमा एपिएफका सुनिल जोशीलाई २१-६, २१-१७ को सोझो सेटमा पाखा लगाए । यस्तै दिपेशले आर्मीका प्रफुल महर्जनमाथि २१-१५, २१-१५ को अन्तरमा पराजित गरे ।

यस्तै आजै भएको प्रतियोगिताबाट अन्तिम आठमा प्रवेश गर्नेमा नेपाल पुलिसका बिष्णु कटुवाल र निर विक्रम देवकोटा पनि रहे । बिष्णुले एफिएफका विजित थापामगरलाई २१-१७, २१-१४ तथा निर विक्रमले एपिएफकै सुदीप सेंढाईलाई १२-२१, २१-८, २१-१० ले हार चखाए ।

यसैगरि आर्मीका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१-१८, २१-१४, आर्मीकै नविन श्रेष्ठले पुलिसका जीवन आचार्यलाई २१-७, २१-१३, भोजपुरका विकास श्रेष्ठले एपिएफका गौतम कठायतलाई २१-१७, २१-१६ तथा सिल्क ग्रुपका प्रिन्स दाहालले पुलिसका दीपक बोहरालाई २१-१९, २१-१४ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

साविक विजेता एपिएफकी जेशिका गुरङ्गले भोजपुरकी सिता राईलाई २१-१७, २१-१९ ले पराजत गर्दै क्वाटरफाइनलमा पुगिन । यस्तै आर्मीका नङ्गशल देवी तामाङ, अनुमाया राई, रशिला महर्जन, रञ्जना भट्ट र अमिता गिरीले पनि जित निकाल्दै अन्तिम आठमा स्थान बनाए । यसैगरि बाँकेकी संझना शर्मा, शोभा गुरुङ्गले पनि क्वाटरफाईनलमा स्थान पक्का गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey