डिभिजन २ मा नेपाल र केन्या भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२९
  • |
  • 191 पटक हेरिएको

आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को चौथो खेलमा  नेपालले केन्याको सामना गर्दैछ ।

पाँच पटक एक दिवसीय विश्व कप खेलेर एक पटक सेमिफाइनल सम्म पनि पुगिसकेको केन्या अहिले भने राम्रो लयमा छैन ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट नेपालसँगै रेलिगेट भएर केन्या डिभिजन–२ मा पुगेको हो ।

जारी प्रतियोगितामा २ खेल खेलिसकेको केन्या जीत विहिन अवस्थामा तालिकाको पुछारमा छ ।

पहिलो खेलमा केन्या युएईसँग २१८ रनको भारी अन्तरले पराजित हुँदा एक सय रन पनि पुरा गर्न सकेन । त्यस्तै नामिवियाविरुद्धको खेल भने बर्षाले प्रभावित भयो ।

केन्या तेस्रो खेल खेल्दैछ भने नेपाल आफ्नो चौथो खेल खेल्दैछ ।

विन्डहकमा हुने केन्या विरुद्धको खेलमा जित हात पार्न सकेको खण्डमा नेपालको विश्व कप छनोट खेल्ने सम्भावना थप मजबुत हुनेछ ।

तीन खेलबाट एकमा जित र एकमा हार ब्यहोरेको नेपाल ४ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

इतिहार हेर्ने हो भने केन्या निकै बलियो छ । २०१४ मा विश्वकप छनोट प्रतियोगिताको अभ्यास म्याचमा नेपाल र केन्या पहिलो पटक आमने सामने भएका थिए । जुन खेलमा केन्या एक विकेटले विजयी भएको थियो ।

२०१५ को डिभिजन–२ मा नेपाल र केन्या दुई पटक खेलेका थिए । लिग चरणमा नेपाल ५ विकेटले पराजित भएको थियो भने तेस्रो स्थानको प्लेअफमा केन्याले १५ रनको जित हात पारेको थियो ।

त्यसपछि नेपाल र केन्या आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा एकअर्का विरुद्ध उत्रिएका थिए ।

करिव एक बर्ष अघि टियू क्रिकेट मैदानमा भएको पहिलो खेलमा केन्या पाँच विकेटले विजयी भयो भने दोस्रो खेलमा नेपालले ७ विकेटको जित हात पा¥यो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey