नेपाललाई ११५ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२८
  • |
  • 158 पटक हेरिएको

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपालले युएईबाट एक सय १५ रनको लक्ष्य पाएको छ ।

बर्षाका कारण तीन घण्टा ढिलो सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई ३१ ओभरमा एक सय एक सय १४ रनमा अलआउट भयो ।

३४ ओभरमा झारिएको खेलमा नेपालले युएईको एक रन हुदा पहिलो विकेट लिन सफल भयो । नेपाललाई सोमपालले पहिलो सफलता दिलाए ।

त्यसपछि युएईको २५ रन हुदा नेपालले दोस्रो सफलता हात पारयो । युएईका घुलाम साबेर १६ रनमा आउट भए । त्यसपछि लगातार दुई बलमा सन्दिपले दुई विकेट लिएपछि युएईले ५४ रनमा पाँच विकेट खेर फाल्यो ।

उसका सइमन अनवर ३० रनमा आउट भए । युएईको स्कोर ७१ रन हुदा नेपालले छैटौ सफलता हात पारयो । यसपटक पनि सन्दिपले नै विकेट लिए ।

त्यसपछि कप्तान पारस खड्काले दुई विकेट लिएपछि युएईले ९५ रनमा आठ विकेट गुमायो । उसका अद्नान मुफ्तीले १८ तथा मोहम्मद बोटाले १५ रन बनाए ।

लगत्तै युएईको एक सय नौ रन हुदा सोमपालले नबौ विकेट लिए । बलिङ तर्फ सन्दिप लामिछाने तीन र सोमपाल कामीले चार विकेट लिए भने पारस खड्काले दुई विकेट हात पारे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey