नेपाल युएईसँग भिड्दै, युएईसँगको आँकडा यस्तो छ

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२८
  • |
  • 162 पटक हेरिएको

माघ २८ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को आफ्नो तेस्रो खेलमा नेपालले आज युएईबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र युएईबीचको खेल नामिवियाको विण्डहकस्थित युनाइटेड मैदानमा हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।

अघिल्ला दुई खेलमा एउटा जित र एउटामा हार ब्यहोरेको नेपाली टोली शीर्ष दुईभित्र पर्न कठिन अवस्थामा छ । नेपालले घरेलु टोली नामिवियालाई १ विकेटले हराउँदा ओमानसँग ६ विकेटले हार्न पुगेको थियो ।

प्रतियोगिताकै बलियो प्रतिस्पर्धीको रुपमा लिइएको युएईले यसअघिका दुई खेलमा एउटामा जित र अर्कोमा हार ब्यहोरेको छ । केन्यालाई २१८ रनको फराकिलो अन्तरले हराएको युएईले क्यानडासँग २३ रनले पराजित भएको थियो ।

एकदिवशीय विश्वकप छनोट खेल्ने तथा डिभिजन वानमा उक्लने आशा जीवितै राख्न आजको खेलमा नेपालले युएईलाई हराउनैपर्ने दवाव रहनेछ । तर, त्यसका लागि नेपाली टोलीले आफ्नो ब्याटिङमा उल्लेख्य सुधार ल्याउनुपर्नेछ ।

नेपालले झिनो जित हासिल गरेको नामिवियाबिरुद्धको खेलमा ब्याट्सम्यानको प्रदर्शन अपेक्षाकृत देखिएन भने ओमानसँग पराजित हुनुमा पनि ब्याट्सम्यानहरु नै जिम्मेबार देखिए । नेपाल दुवै खेलमा ५० ओभर खेल्न सकेन भने १५० को स्कोर पनि कटाउन सकेको छैन ।

युवा खेलाडीहरुलाई छाडेर अनुभवी र सिनियर खेलाडीहरुबाट पनि नेपालले अपेक्षाकृत प्रदर्शन पाउन सकेको छैन ।

बलिङतर्फ भने नेपालको अहिलेसम्मको प्रदर्शन सन्तोषजनक छ । आजको खेलमा पनि प्रशिक्षक जगत टमाटाले यसअघिकै टिमलाई सेटमा उतार्ने सम्भावना छ ।

नेपाल र युएई चीर प्रतिस्पर्धी पनि हुन्, किनभने यी दुई टोली अन्तर्राष्ट्रिय क्रिकेटमा १२ पटक आमने सामने भइसकेका छन् । पछिल्लो समय आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणका खेलमा नेपालले युएईसँग उसकै मैदानमा दुई खेल हारेको थियो । तीन महिनाअघि भएको त्यस खेलमा पनि नेपालको ब्याटिङमै समस्या देखिएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey