अन्तर बिद्यालय छात्र फुटबलको उपाधि वेस्ट ग्रुपले जित्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२७
  • |
  • 458 पटक हेरिएको

माघ २७, काठमाडौं । वेस्ट ग्रुप भिजनले सातौं फिजम कप उपत्यकाब्यापी अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन बेस्ट गु्रप भिजनले मोनाष्टिक पब्लिक स्कुललाई २–० ले पराजित गर्दै उपाधि रक्षा गरेकाे हाे ।

बेस्ट गु्रपका लागि दुवै गोल आयुष खड्गीले गरे । बेस्ट गु्रपले प्रतियोगिताभर गोल नखाई उपाधि चुमेको हो ।

संस्थापक विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयाजित प्रतियोगितामा ग्लोबल पब्लिक स्कुलले हेब्रोन पब्लिक स्कुललाई १–० गोलले पराजित गरी तेश्रो भयो ।

विजेतालाई राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहलगायतले पुरस्कृत गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey