बुढासुब्बा गोल्डकपको उपाधीका लागि पुलिस र थ्री-स्टार भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२७
  • |
  • 303 पटक हेरिएको

बुढासुब्बा गोल्डकपको उपाधिका लागि नेपाल पुलिस क्लब र थ्री स्टार भिड्दैछन् ।

थ्री स्टारले  सेमिफाइनलमा दुर्गापुर स्टिललाई १–० र पुलिसले सकटालाई २–१ ले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेका हुन् ।

नेपाल पुलिसले हालसम्म पाँच पटक बुढासुब्बा गोल्डकपको उपाधि उचालिसकेकोे छ । थ्री स्टारले चार पटक बुढासुब्बा गोल्डकपको उपाधि हात पारेको छ ।

यो सिजनमा थ्री स्टारले एक मात्र गोल्डकप जित्न सफल भएको छ भने पुलिसले २ वटा गोल्डकप जितिसकेको छ ।

थ्री स्टारले इटहरीमा सम्पन्न इटहरी गोल्डकपको उपाधि जितेको थियो । पुलिसले आहा रारा गोल्डकपमा थ्री स्टारलाई १–० को गोल अन्तरले हराउदै उपाधि जितेको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey