मुरारीको नेतृत्वमा वादोकाई करातेको कार्यसमिति चयन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-३०
  • |
  • 403 पटक हेरिएको

काठमाडौं, ३० भदौ । नेपाल वादोकाई कराँते संघको निर्वाचन सम्बन्धित तेश्रो साधारण सभाले मुरारी तामाङको अध्यक्षमा २० सदस्य कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।

शनिवार सम्पन्न निर्वाचनबाट निर्विरोध निर्वाचित ५ उपाध्यक्षमा काभ्रेका देबवहादुर लामा,बाँकेका कमल बस्नेत,मकवानपुरका शशिकुमार तितुङ,काठमाण्डौका बालकृष्ण थापा र सिन्धुपालचोकका बिकाश तामाङ रहेका छन् । त्यस्तै महासचिवमा दोलखाका नारायणवहादुर मगर,सचिवमा सिन्धुपालचोकका आईतमान तामाङ र कोपाध्यक्षमा मकावनपुरका सनमान गोलले पून दोहोरीएका छन् ।

निर्वारोध निर्वाचित सदस्यहरुमा पेमा दोर्जे लामा(सागर),निरज तामाङ,सुरेश बस्नेत,लक्ष्मी पौडेल,सोमवहादुर तामाङ,बिरवहादुर तामाङ,रोदाना धिमिरे,सुजेन्द्र केसी,रामकृष्ण थापा,झनक वहादुर अधिकारी र राजेन्द्र गौतम रहेका छन् ।

बिधान अनुसार २ उपाध्यक्ष र ९ जना सदस्य भने अध्यक्षले मनोनित गर्ने छन् । साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकद परिषद्का सदस्य समेत रहनु भएका नेपाल कराँते महासंघका अध्यक्ष दावा गुरुङले गर्नु भएको थियो । नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृतले सपथग्रहण गराएका थिए ।

नवनिर्वाचित पदाधिकारीलाई समापनका अवसरमा भारतिय जनता पाटीका बरिष्ठ नेता डा.दिनेश उपाध्ययले बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey