शनिबार नेफ रोड रेस हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२५
  • |
  • 284 पटक हेरिएको

माघ २५, काठमाडौं । उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) को आयोजनामा शनिबार दोश्रो नेफ रोड रेस हुने भएको छ ।

रेसमा विभिन्न २१ विद्यालयका जम्मा २ सय २० खेलाडीको सहभागिता रहने विहीबार आयोजित पत्रकार सम्मेलनमा नेफका अध्यक्ष नारायण रोकाले जानकारी गराए ।

ब्वाइज र गल्र्स दुवैमा ५ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । रेस टोखाको झोरबाट सुरु भइ धापासीस्थित ग्रिनल्यान्ड स्कुलमा आएर टुंगिने छ ।

पहिलो संस्करणको ब्वाइजमा ओडिसी इन्टरनेसनल एकेडेमीका विवेक मण्डल तथा गल्र्समा तिलिङटारकी सचिना सुनवार पहिलो भएका थिए ।

प्याब्सन उपत्यका प्रदेश प्रमुख थकिन गुरुङले विद्यार्थीको प्रतिभा पहिचान गर्न सकिने भएकाले अत्तिरिक्त कृयाकलापमा जोड दिनु पर्ने बताए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey