अरुभन्दा धेरै म खुसी छुः अध्यक्ष जीवनराम

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-१८
  • |
  • 236 पटक हेरिएको

नेप्लेज, १८ भदौ । नेपाली खेलकूदमा प्याराग्लाइडिङ त्यतिधेरै चर्चित नाम होइन । शुरुमा पोखरामा पयर्टन ब्यवसायीले शुरु गरेको प्याराग्लाइडिङ २००८ मा राष्ट्रिय खेलकूद परिषद् राखेपमा दर्ता भयो ।

त्यतिबेला सदस्य सचिब रहेका वर्तमान नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्याराग्लाइडिङ दर्तामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्याराग्लाइडिङले पहिलो सहभागितामै एसियाली खेलकूदमा रजत पदक जितेर नेपाललाई पदकविहीन हुनबाट जोगायो ।

आज उनै खेलाडीहरुलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आज आफूलाई धेरै नै खुसी लागेको बताए ।

उनले नेपालले एशियाली खेलकूदबाट धेरै कुराहरु सिकेको बताउँदै आगामी दिनमा कमजोरी सुधार गर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।

अध्यक्ष श्रेष्ठले नेपालबाट साग गेम्स सर्दैछ भन्ने कुराहरु सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएको प्रति आपत्ति जनाउँदै उनले कुनैपनि हालतमा १३औं साग नसर्ने प्रष्ट पारे । उनले भने ‘नेपालले आयोजना गर्न लागेको सागको तयारी अघि बढी सकेको छ कुनैपनि हालतमा सर्दैन ।’

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey