तेक्वान्दोपछि कराते र बक्सिङ पनि पदकविहीन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-११
  • |
  • 251 पटक हेरिएको

भदौ ११ गते । एसियाली खेलकुदमा नेपालले मात्र तीन खेल तेक्वान्दो, बक्सिङ र करातेमा पदक जितेको छ ।

इन्डोनेसियमा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत यि तीनै खेलमा नेपाल पदकविहीन बेनेको छ । तेक्वान्दोको चुनौती भदौ ७ गते सकिएको हो भने कराते र बक्सिङ दुवै सोमबार पदकविहीन बने । विगतका एसियाली खेलकुदमा नेपालले तेक्वान्दोबाट १ रजत र १३ कांस्य, बक्सिङबाट ६ कांस्य र करातेबाट ३ कांस्य जितेको छ ।

सोमबार करातेमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ८४ केजीमुनि नेपालका दिवस श्रेष्ठ पहिलो चरणमा इरानका पोर्सब जाभिओलाहसंग ८–० ले पराजित भए ।

महिलाको ५० केजीमुनि नेपालकी अनु अधिकारी कांस्य पदकका लागि भिडे पनि चुकिन् । सागकी रजतधारी अनु कांस्य पदकका लागि भएको भिडन्तमा जापानकी मिहो मियातेरासंग ९–० ले पछि परिन् ।

पहिलो रिपाचेमा अनुले लाओसकी सिरिभिमाने सिरिमोङ खौनलाई ३–१ ले हराउदै कांस्य भिडन्त पक्का गरेकी थिइन् । पहिलो चरणमा भने अनुले मकाउकी चिङ छियुङलाई ५–१ ले पाखा लगाउदै क्वाटरफाइनलमा प्रवेश गरेकी थिइन् । क्वाटरफाइनलमा अनु ताइपेईंकी सियाउसुङ गुसंग ५–१ ले निराश हुनु पर्यो ।

सियाउसुङ फाइनलमा पुगेपछि अनुले रिपाचे खेल्ने अवसर पाएकी हुन् । एसियाली खेलकुदको १० औं दिनसम्म आइपुग्दा कुनै दुई खेलमा जित हात पार्ने अनु पहिलो नेपाली खेलाडी बनिन् । सियाउसुङले उक्त स्पर्धाको स्वर्ण पदक जितिन् ।

बक्सिङको पुरुष ७५ केजीमा १२ औं सागका कांस्य विजेता दीपक श्रेष्ठलाई ताइपेईंका चियावेइ कानले ५–० ले पराजित गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey