बुढा सुब्बा गोल्डकप, सेमिफाइनलमा आज पुलिस र संकटा भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२४
  • |
  • 158 पटक हेरिएको

धरानमा जारी बुढासुब्बा गोल्डकपमा आजबाट सेमिफाइनलका खेल सुरु हुनेछन ।

जसमा आज हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लव र संकटा क्लव विच प्रतिस्पर्धा हुनेछ ।

युवा खेलाडीले भरिएको नेपाल पुलिस क्लव पछिल्लो पटक निकै फर्म रहेको टिम हो ।

उसले राखेप च्याम्पियनसिप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्नुका साथै पोखरामा आहा रारा गोल्डकपको पनि उपाधि उचालेको थियो ।

आज संकटालाई पराजित गरेमा पुलिस लगातार तेस्रो प्रतियोगिताको फाइनलमा पुग्नेछ ।

क्वाटरफाइनलमा पुलिसले काकडभित्ता फुटबल प्रशिक्षण केन्द्रलाई २–० ले हराएको थियो ।

यता संकटा क्लवले क्वाटरफाइनलमा उपाधिको दावेदार मानिने मनाङलाई १–० ले स्तब्ध पार्दै सेमिफाइनल पुगेको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey