कराते खेलाडी तेश्रो डानबाट दिक्षित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-२६
  • |
  • 892 पटक हेरिएको

काठमाडौं, २६ साउन । .नेपाल गोजुकाई कराते डो संघमा आवद्ध सात खेलाडी तथा प्रशिक्षक तेश्रो डान (सान डान) बाट दिक्षित हुन सफल भएका छन् । यस्तै ७ जना दोश्रो डान (नि डान) र १७ जना पहिलो डान (सो डान) बाट दिक्षित भएका छन् ।

प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले शनिबार एक कार्यक्रमबिच बेल्ट ग्रेड परिक्षामा सफलता हात पार्ने खेलाडी तथा प्रशिक्षकहरुलाई गोजुकाईको जापान हेडक्वाटरबाट प्राप्त प्रमाण पत्र प्रदान गरे ।

तेश्रो डान प्राप्त गर्ने खेलाडी तथा प्रशिक्षकहरुमा अच्यूत उप्रेती, प्रेम थापा, दिनेश परियार, बिमल प्रसाद थपलिया, चन्द्र खत्री, शान्ति लामा र जय प्रकाश राई रहेका छन् ।

यस्तै दोश्रो डान (नि डान) बेल्ट टेष्ट परिक्षाबाट सफलता हात पार्न सफल सात परिक्षार्थीहरु तिलक गुरुङ्ग, जितबहादुर पुलामी, श्रृजना दाहाल, पेम्बा शेर्पा, कैलाश राई, बाल कुमारी थामी र सञ्जय तामाङ्ग तथा बेल्ट परिक्षाबाट प्रथम डान (सो डान) हात पार्ने १७ परिक्षार्थीहरु मनोज बुढाथोकी, थुप्तेन जिमी लामा, संगिता तामाङ्ग, प्रतिक्षा थापा मगर, बिन्द्रा राई, सुभाष तामाङ्ग, बिवेक थापा, भावना शाही, निशान्त रिजाल, अनिष श्रेष्ठ, बाबुलाल श्रेष्ठ, सुप्रिया कुँवर, रजिता केसी, प्रविन राना पियाली, अर्मन शाह, बिशाल श्रेष्ठ र अर्नभ श्रेष्ठ रहेका छन् ।

बेल्ट टेष्ट परिक्षामा सफलता हात पार्ने सवैलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव बिष्टले प्रमाण पत्र तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेले बेल्ट प्रदान गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी बिष्टले जित र हारलाई आत्मसाथ गर्ने क्षमता खेलकुद मात्र रहेको भन्दै ठुला भन्दा ठुला विकसित राष्ट्रलाई पराजित गर्दै राष्ट्रको झण्डा विश्व सामु फहराउन सक्ने खेलकुद क्षेत्र मात्र रहेको बताए । उनले अवका दिनमा खेलकुद क्षेत्रमा लागेका ब्यक्तिहरुको भविष्य उज्जवल हुने बताए ।

उपाध्यक्ष लाखेले ग्रेडिङ्ग परिक्षा उत्तिर्ण खेलाडी तथा प्रशिक्षकहरुलाई कराते खेलको विकास र विस्तारमा लाग्न सुझाव दिए । राष्ट्रिय खेलको रुपमा करातेलाई राख्न आफुले पहल गरेता पनि सफल हुन नसकेको उनले बताए ।

बेल्ट ग्रेट परिक्षा नेपाल गोजुकाई कराते डो संघका महासचिव एवं प्रमुख प्रशिक्षक ईन्द्र कुमार खड्गीले संचालन गरेका थिए । उक्त परिक्षा नेपालमा लिईएता पनि परिक्षा लिएको सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरुको भिडियो सिडीमा उतारी जापान हेडक्वाटरमा पठाई उक्त सिडीको निरिक्षण पश्चात परिक्षार्थीहरु उत्तिर्ण भएका र हेडक्वाटरबाटनै प्रमाण पत्र पठाईएको प्रशिक्षक खड्गीले बताए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey