विन्टर ओलम्पिकमा रुसको टिमले आर्इओसीको झण्डामा खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 176 पटक हेरिएको

माघ २३ । रुसको पुरुष आइसी हक्की टिमले दक्षिण कोरियामा पर्सी बाट सुरु हुने विन्टर ओलम्पिकमा अन्तराष्ट्रिय ओलम्पिक कमिटीको झन्डा मुनि खेल्ने भएको छ ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटीले रुसको पुरुष आइस हक्की टिमलाई प्रतिस्पर्धाका लागि निमन्त्रण दिएको हो । ओलम्पिक कमिटीले यो टिमलाइ ओलम्पिक एथ्लिट फ्रम रसिया नाम दिएर ब्याख्या गरेको छ ।

रुसी टिम ओलम्पिकका लागि पियोङचाङ प्रस्थान गरिसकेको छ । रुस माथि डोपिङ प्रकरणका कारण राष्ट्रिय टोलीलाइ ओलम्पिक पठाउन प्रतिबन्ध लगाइएको छ ।

रुसले राज्य प्रायोजित डोपिङ कार्यक्रम संचालन गरेको रिपोट सार्वजनिक भएपछि अन्तराष्ट्रिय ओलम्पिक कमिटी कडा रुपमा प्रस्तुत भएको हो ।

तर ब्यक्तिगत रुपमा क्लिन सिट पाएका खेलाडीले भने स्वतन्त्ररुपमा सहभागिता जनाउन पाउने अनुमति अन्तराष्ट्रिय ओलम्पिक कमिटीले दिएको छ ।

त्यसकालागि भने तोकिएको मापदन्ड पुरा गर्नुपर्नेछ । सोही मापदन्ड पुरा गर्दै पुरुष आइस हक्की टिम पियोङचाङ तर्फ लागेको हो ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey