डिपिएलका लागि ट्यालेन्ट हन्ट सम्पन्न, भोली १२ खेलाडी छानिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२२
  • |
  • 192 पटक हेरिएको

आगामी चैतमा धनगढीमा हुने धनगढी प्रिमियर लिगको दोस्रो संस्करणका लागि सुदूरपश्चिमका खेलाडीलाई मौका दिने उद्देश्यले धनगढीमा ट्यालेन्ट हन्ट गरीएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमी डिसिएले दुई दिन सम्म गरेको टयालेन्ट हन्टमा यसक्षेत्रका एक सय जना भन्दा वढी खेलाडी सहभागी भए ।

ट्यालेन्ट हन्टको माध्यमवाट राष्ट्रिय प्रतियोगीतामा खेल्न पाइने भएपछि स्थानिय खेलाडी उत्साहित भएका छन ।

डिपिएल जस्तो मुलुककै प्रतिस्ठित प्रतियोगीतामा सिनियर खेलाडीसंग आफ्नो प्रतिभा देखाउने राम्रो अवसर मिल्ने खेलाडी वताउँछन ।

ट्यालेन्ट हन्टमा सहभागी भएका मध्येवाट राम्रा खेलाडीको छनोट राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापाले गर्नेछन ।

डिपिएलमा सहभागी हुने खेलाडीका लागि आयोजकले यसअघि नै अक्सनको फाराम खोलिसकेको छ । जसको अक्सन फागुन ९ गते काठमाडौंमा हुने छ ।

ट्यालेञ्ट हन्टबाट छनोट भएका खेलाडीको नाम म‍ङगलबार सार्वजनिक गरिनेछ ।

डीपिएल आगामी चैत्र १७ गतेबाट धनगढीमा हुँदैछ । प्रतियोगितामा टिम चौराहा धनगढी, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपेन्देही च्यालेन्जर्स र विराटनगर किंग्सले सहभागिता जनाउँदैछन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey