पुलिस क्लव बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२२
  • |
  • 193 पटक हेरिएको

काकडभित्ता फुटबल प्रशिक्षण केन्द्रलाई २–० ले हराउदै विभागिए टिम नेपाल पुलिस क्लव धरानमा जारी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा भएको खेलमा तीन पटकको च्याम्पियन पुलिसको जितमा सुमन लामाले एक गोल गरे भने एक गोल उपहार पायो ।

खेलको २२ औ मिनेटमा पुलिसका रेजिन सुब्बा गरेको क्रसबललाई क्लियर गर्ने क्रममा काकडभित्ताका विकेश थुलुङले आत्मघाती गोल गरेपछि पुलिसले अग्रता बनायो ।

युवा खेलाडीले भरिएको पुलिसले पहिलो हाफमा एक गोकलो अग्रता बनाउदा दोस्रो हाफमा अर्को गोल थप्न सफल भयो ।

६३ औ मिनेटमा काकडभित्ताको डिफेन्सको कमजोरीको फाइदा उठाउदै सुमन लामाले पुलिसका लागि दोस्रो गोल गरे ।

त्यसपछि भने दुबै टिमबाट गोल हुन सकेन र पुलिसले सेमिफाइनलमा स्थान बनायो । पुलिसले सेमिफाइलनमा संकटा क्लवसंग खेल्नेछ ।

प्रतियोगितामा भोली थ्रिस्टार क्लव र सुदुरपश्चिम ११ विच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey