गोल्डकोस्ट ओपन तेक्वान्दो खेल्ने नेपाली टिमको विदाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-०९
  • |
  • 552 पटक हेरिएको

नेप्लेज, ९ साउन । गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार अस्ट्रेलियाको गोल्डकोस्ट प्रस्थान गरेको छ ।

जुलाई २८ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा सोर्मुलाबाबु मिया, विकास विडारी, विधान श्रेष्ठ, दीपेश खत्री, प्रनीश गुरुङ र पारस भण्डारीले ग्योरोगीतर्फ प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा बब्लु सिवोकाटी, व्यवस्थापकमा राजिव महर्जन र निर्णायकमा अर्जुनभक्त राई रहेका छन् ।

टोलीलाई प्रतिनिधि सभाका सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकले एक कार्यक्रमबीच बुधबारै बिदाइ गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey