अन्नपूर्ण इन्टरनेशनल ब्याडमिण्टन काठमाडौंमा सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-०७
  • |
  • 260 पटक हेरिएको

नेप्लेज, ७ साउन । अन्नपूर्ण इन्टरनेशनल कर्पोरेट ब्याडमिण्टन प्रतियोगिता काठमाडौंमा सोमबारदेखि सुरु भएको छ ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रतियोगिताको उद्घाटन गरे ।

पाँच दिनसम्म चल्ने प्रतियोगितामा १० स्पर्धामा प्रतिस्पर्धा गराइनेछ । पुरुष एकल र युगल, महिला एकल र युगल, मिक्स्ड युगल, यू–१९ गर्ल्स र क्वाइज बिधा समावेश गरिएको छ । त्यस्तै पुरुष कर्पोरेट सिंगल र डवल तथा एक्जुकेटिभ डबल बिधा पनि समावेश छ ।

प्रतियोगितामा पुरुष र महिला एकलमा नेपाललगायत भारत, बंगलादेश र पाकिस्तानका खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् ।

सोमबार खेलाइएको पुरुष एकल अन्तर्गतको खेलमा नेपालका बैकुण्ठ श्रेष्ठले बंगलादेशका प्रभाल हसन तालुकदारलाई २–१ को सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गरे । उनले २१–१६, १३–२१ र २१–१० को नतिजा निकालेका थिए ।

त्यस्तै भारतका राजदीप शर्माले प्रदेश नम्बर ४ का विवेक जीसीलाई २३–२१ र २१–१४ को सेटमा हराउाँदा एपीएफका निराजन देवकोटाले नेपाल पुलिसका पूर्णबहादुर थापालाई २१–१०, १७–२१ र २१–१७ को सेटमा हराए । आमीका रुकेश महर्जनले बंगलादेशका मइनुल परवेजलाई २१–१३ र २१–१४ ले पाखा लगाए ।

त्यस्तै महिला एकलतर्फ प्रदेश ५ की समीक्षा न्यौपानेले प्रदेश २ की स्मृती राईलाई २१–६ र २१–७ ले हराइन् । प्रदेश ६ की सेस्ना श्रीपाइलीको चुनौति पाकिस्तानकी सम्जाद माहुरले २१–५ र २१–२ ले पन्छाइन् । विजेता सबै दोस्रो चरणमा प्रवेश गरे ।

यता यू–१९ व्वाइजतर्फ सविन तामाङले हेमाङ हाङ लिम्बुलाई २१–९ र २१–३ ले पाखा लगाउँदै दोश्रो चरणमा प्रवेश गरे । यू–१९ को महिलातर्फ प्रदेश ४ की अकृति केसीले प्रदेश ५ की सुष्मा श्रेष्ठलाई २१–१८ र २१–१४ ले हराइन् । त्यस्तै प्रदेश ५ की समीक्षा न्यौपानेले दोहोरो जित हासिल गर्ने क्रममा प्रदेश ४ की प्रजिता गुरुङलाई २१–१३ र २१–१० ले हराइन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey