दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठक काठमाडौंमा सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-०५
  • |
  • 348 पटक हेरिएको

नेप्लेज, ५ साउन । दक्षिण एशियाली ओलम्पिक काउन्सिलको कार्यसमिति बैठक आज काठमाडौंमा सुरु भएको छ ।

सात मुलुकका ओलम्पिक कमिटीका प्रतिनिधिहरु सम्मिलित बैठकले आसन्न १३औं दक्षिण एशियाली खेलकुदका बारेमा केहि महत्वपूर्ण निर्णयहरु गर्नेछ ।

बैठकको अध्यक्षता काउन्सिलका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा संघीय सांसद जीवनराम श्रेष्ठले गरेका छन् । बैठकले दक्षिण एशियाली खेलकुदमा समावेश गरिएका खेलहरुको स्पर्धा तय गर्नेछ ।

कुन खेलमा कति स्पर्धा समावेश गर्ने छलफलले टुंग्याउने बैठकमा सहभागी नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले यसअघि नै प्रतियोगितामा २५ खेल सहभागी गराउने निर्णय गरिसकेको छ । आयोजकको हैसियदमा नेपालले कराते र गल्फलाई यसपटक समावेश गरेको छ ।

उपाध्यक्ष श्रेष्ठका अनुसार काउन्सिलका अधिकांश सदस्यले क्रिकेट खेल पनि समावेश गर्ने धारणा राखेका कारण बैठकमा यसबारे पनि छलफल हुनेछ ।

१३औं दक्षिण एशियाली खेलकुद आगामी फागुन २५ देखि चैत ४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ । साग गेम्सका लागि अहिले मुख्य पूर्वाधारहरु दशरथ रंगशाला, सातदोवाटोको पौडी पोखरी, पोखरा रंगशाला लगायतको पुनर्निर्माण भइरहेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पूर्वाधारकै कारण १३औं साग निर्धारित समयमा हुनेमा आशंका नगर्न अनुरोध गरेका छन् । परिषदका अनुसार फागुनसम्ममा सबै पूर्वाधार तयार हुनेछ ।

प्रतियोगितामा आर्चरी, एथ्लेटिक्स, ब्याडमिण्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड शकी, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, खो–खो, शुटिङ, स्क्वास, स्वीमिङ, टेवलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथोलन, भलिबल, भारत्तोलन, कुस्ती र उसु समावेश छन् । आयोजक मुलुकको हैसियदमा नेपालले कराते र गल्फलाई पनि समाबेश गरेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey