कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा अन्तर्राष्ट्रिय ब्याडमिन्टन रेफ्री उदय अर्याल सम्मानित

  • Image नेप्लेज
  • २५ असार २०८३, बिहिवार
  • 1369 पटक हेरिएको
कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा अन्तर्राष्ट्रिय ब्याडमिन्टन रेफ्री उदय अर्याल सम्मानित

नेपाली ब्याडमिन्टनका वरिष्ठ अन्तर्राष्ट्रिय रेफ्री उदय अर्याललाई कोशी प्रदेश खेलकुद विकास बोर्डले एक विशेष कार्यक्रमबीच सम्मान गरेको छ।

नेपाली ब्याडमिन्टन क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै अन्तर्राष्ट्रिय रेफ्री तथा निर्णायकका रूपमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै बोर्डले मिल्स एरिया, विराटनगर निवासी अर्याललाई नगद २५ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरेको हो।

अर्याल पारालम्पिक खेलकुद तथा एसियन गेम्समा ब्याडमिन्टन टेक्निकल अफिसियलका रूपमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने पहिलो नेपाली व्यक्तित्व हुन्। अन्तर्राष्ट्रिय स्तरमा नेपाली ब्याडमिन्टनको प्रतिष्ठा बढाउन उनले पुर्‍याएको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको बोर्डले जनाएको छ।

सम्मान ग्रहण गर्दै अर्यालले उक्त सम्मानले आगामी दिनमा ब्याडमिन्टन क्षेत्रप्रति अझ समर्पित भएर काम गर्न तथा आफ्नो कार्यक्षेत्रलाई थप परिष्कृत र प्रभावकारी बनाउन ठूलो प्रेरणा र उत्साह प्रदान गरेको बताए।