तथ्याङ्कमा यस्तो रह्यो रसिया विश्वकप

Kelmi

  • नेप्लेज
  • |
  • १९७०-०१-०१
  • |
  • 246 पटक हेरिएको

नेप्लेज, ३२ असार । विश्व फुटबलको कुम्भमेला विश्वकप फुटबलको २१औं संस्करण फ्रान्सलाई च्याम्पियन बनाउँदै आइतबार रुसमा सम्पन्न भएको छ । अब चार वर्ष पाँच महिनापछि कतारमा २२औं संस्करण हुनेछ ।

रोमाञ्चक, प्रतिस्पर्धात्मक र गोलको वर्षा भएको खेलमा क्रोएसियालाई हराउँदै फ्रान्स दोस्रोपटक च्याम्पियन बन्न सफल भयो । पहिलोपटक फाइनल प्रवेश गरेको क्रोएसियाको विश्वकप जित्ने सपना भने अधुरै बनेको छ ।

समग्रमा यस्तो रह्यो रसिया विश्वकप

विश्व फुटबलको महाकुम्भ मेला फिफा विश्वकपलाई रसियाले सफल रुपमा सम्पन्न गरेको छ । अप्रत्यासित र रोमाञ्चक रुपमा भएका खेलहरुले कति समर्थकलाई दुखका आँसु झार्न बाध्य बनायो भने कतिलाई खुसीका ।

आयोजनाको हिसावले मात्र होइन तथ्याङकका हिसावले पनि रसिया विश्वकप निकै रोमाञ्चक बन्यो । एक महिनाको महोत्सवमा कुल ६४ खेल हुँदा १६९ गोल भएका थिए । जसमा पहिलो हाफमा ६५ गोल हुँदा दोस्रो हाफमा १०४ गोल भएका थिए ।

सन् १९६६ पछि फाइनलमा सबैभन्दा धेरै ६ गोल भए । यो विश्वकपमा अतिरीक्त समयमा मात्र ३ गोल भएका थिए । तर तीनै गोलले बलिया टिमलाई घर पठाएको थियो ।

विश्वकपको समूह चरण अन्तर्गत पहिलो चरणमा ३८ गोल भएका थिए भने दोस्रो चरणमा ४७ गोल भएका थिए । र, तेस्रो चरणमा ३७ गोल भए । समूह चरणमा जतिपनि गोल भए त्यो ९० मिनेटमा भएका थिए ।

नकआउट चरणमा चार खेल पेनाल्टी सुटआउटमा गएका थिए । यस्तै टाइब्रेकरमा कुल २६ गोल भएका थिए । त्यस्तै खेलमा नियमित समयभित्र पाएको पेनाल्टीमा २२ गोल भए । त्यसमा धेरै पेनाल्टीमा गोल हान्ने खेलाडीमा एन्टोइन ग्रिजमन र ह्यारी केन रहे । दुबैले तीन तीन गोल गरेका थिए ।

यो विश्वकपमा कुल ७ वटा पेनाल्टी मिस भए । जसमा सबै भन्दा चर्चामा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको रह्यो । यो विश्वकपमा फ्रिकिकबाट ६ गोल भए भने १२ वटा आत्मघाती गोल भए ।

विश्वकपको इतिहासमा १९७८ पछि कम रेड कार्ड दिइयो । यो विश्वकपमा मात्र ४ वटा रेडकार्ड दिइयो । यस्तै २१९ पहेलो कार्ड दिइयो ।

यस विश्वकपमा दुई खेलाडीले ह्याट्रिक पूरा गरे । ९ खेलाडीले सब्सिच्युडका रुपमा मैदान छिरेर गोल गरे ।
इंग्ल्याण्डका कप्तान तथा मुख्य स्ट्राइकर ह्यारी केन सर्बाधिक गोलकर्ता बने । उनले ६ गोल गरे । धेरैले अनुमान गरेभन्दा विपरित क्रोएशिया विश्वकपको फाइनलमा पुग्दा ठूला र दावेदार भनिएका टोलीहरुको विश्वकप सुखद रहेन ।

त्यसैले विश्वकपमा ठूला टिम र साना टिम भनेर जुन अन्तर राखिने आम भ्रम थियो त्यसलाई आधुनिक फुटबलको पछिल्लो ठूलो प्रतियोगिताले पूर्ण रुपमा भनेर जुन बुझाइ थियो त्यो पुर्णरुपमा निराकरण गरेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey