तेक्वान्दोकाे राष्ट्रिय टोलीलाई चार पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-२७
  • |
  • 305 पटक हेरिएको
काठमाडौं २७ असार । १८औँ एसियन गेम्सको तयारीमा रहेका नेपाली राष्ट्रिय तेक्वान्दो टोलीले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा ४ पदक प्राप्त गरेका छन् ।
एसियन गेम्सको तयारीका लागि राष्ट्रिय तेक्वान्दो टोली २ महिनादेखि कोरियामा विशेष प्रशिक्षणमा छन् । कोरियाका पोहाङमा भएको वल्र्ड युनिभरसिटी खुला तेक्वान्दो प्रतियोगितामा नेपाली टोलीले फाइटतर्पm २ रजत र २ कांस्य पदक प्राप्त गरेको नेपाल तेक्वान्दो संघका प्रवक्ता दीपक बिष्टले जानकारी दिए । टोलीका प्रशिक्षकसमेत रहेका विष्टले एक्सपोजरका लागि च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको जानकारी दिए । च्याम्पियनसिपको ८७ केजीमुनि अनुज पुजारीले निकै चुनौती प्रस्तुत गरे पनि रजत पदकमै चित्त बुझाए ।
फाइनलमा उनी श्रीलंकन खेलाडीसँग ११–१० ले स्तब्ध भएपछि स्वर्णबाट चुके । महिलातर्फ ४९ केजीमुनि अस्मीता खड्का पनि रजत पदकमै सीमित भइन् । पहिलो खेल बाइ पाएकी अस्मीताले दोस्रो खेलमा पनि कोरियाकी खेलाडीले २०–१८ हराउँदै फाइनलमा स्थान बनाएका थिइन् । तर, फाइनलमा भने उनी इन्डोनेसियाका खेलाडीसँग २२–१० ले स्तब्ध भइन् ।
पुरुषको ६३ केजी तौलमा सागर गुभाजु सेमिफाइनलमा मलेसियन खेलाडीसँग २५–११ ले स्तब्ध भएपछि कांस्य पदकमै सीमित भए । पुरुषकै ७४ केजी तौल समूहमुनी ज्ञानेन्द्र हमाल श्रीलंकाका खेलाडीलाई १२–८ ले हराउँदै सेमिफाइनलमा पुगेका थिए ।
यद्यपि, उनी सेमिफाइनलमा कोरियाका खेलाडीसँग २५–१२ ले पराजित भएपछि कांस्य पदकै रोकिए । नेपालका बाँकी ६ खेलाडीले बिहीबार च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ । च्याम्पियनसिपमा ५ टिम सम्मिलित ग्रुप फाइटमासमेत नेपालले प्रतिस्पर्धा गर्नेछ ।
त्यसलगत्तै नेपालले आगामी हप्ता जेजु कोरिया ओपनमा प्रतिस्पर्धा गर्नेछ । नेपाली तेक्वान्दो टोली हाल ओलम्पियनद्वय संगिना बैद्य र दीपक विष्टको प्रशिक्षणमा कोरियामा रहेका छन् । नेपाली टोली आगामी १५ अगस्टमा एसियन गेम्समा सहभागी हुन कोरियाबाटै इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey