बंगलादेशविरुद्धको एक दिवसीय सिरिज अफगानिस्तानलाई 

  • नेप्लेज
  • |
  • २०८१-०७-२७
  • |
  • 269 पटक हेरिएको

काठमाडौं । निर्णायक एक दिवसीय क्रिकेटमा बंगलादेशमाथि ५ विकेटको शानदार जीत दर्ता गर्दै अफगानिस्तानले सिरिज आफ्नो पक्षमा पारेको छ । ३ खेलको सिरिजमा दुवै टिमले एक एक खेल जितेका थिए । सारजाहमा आज भएको अन्तिम एक दिवसीयमा अफगानिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गरेको हो । 

बंगलादेशका ब्याट्सम्यान महमुदुल्लाह शतक बनाउन चुकेका थिए । टस जितेर पहिले ब्याटिङ गर्न आएको बंगलादेशले ५० ओभरमा आठ विकेट गुमाएर २४४ रन बनाएको थियो । जवाफमा अफगानिस्तानले रहमानउल्लाह गुरबाजको शतकको मद्दतमा ४८.२ ओभरमा पाँच विकेट गुमाएर २४६ रन बनाउँदै खेल जित्न सफल भयो ।

शारजाहमा भएको खेलमा महमुदुल्लाहले ९८ बलको सामना गर्दै ९८ रनको बलियो इनिङ खेलेका थिए । यस क्रममा उनको ब्याटबाट सात चौका र तीन छक्का निस्केका थिए । तर, उनी अन्तिम ओभरको अन्तिम बलमा रनआउट भए । उनले आफ्नो एकदिवसीय करियरको पाँचौं शतक दुई रनले पूरा गर्न सकेनन् । यससँगै उनी भारतका सौरभ गांगुली, सचिन तेन्दुलकर र सुनिल गावस्करको नचाहिने क्लबमा सामेल भए । शारजाहमा नर्भस ९० रनको शिकार हुने उनी १६ औं एसियाली ब्याट्सम्यान बने । उनीहरु बाहेक मारवान अटापट्टु, नवजोत सिंह सिद्धु, अरविन्द डी सिल्भा, मुदस्सर नजर, मोहम्मद अजहरुद्दीन, क्रिस श्रीकान्त, आमिर सोहेल, असान्का गुरुनसिंह, इन्जमाम उल हक, रमीज राजा, सईद अनवर र शोएब मलिक पनि यो सूचीमा छन् । ।

फाइनल खेलअघि अफगानिस्तानले यस सिरिजको पहिलो खेल ९२ रनले जितेको थियो । जहाँ दोस्रो खेलमा पाहुना टोलीले पुनरागमन गर्दै हम्समतुल्लाह शाहिदीको टोलीलाई ६८ रनले पराजित गर्दै शृङ्खला १–१ को बराबरी गरेको थियो । तर, तेस्रो खेलमा मेहदी हसन मिराजको टोली टिक्न सकेन र खेलमा पराजित भयो । अफगानिस्तानले लगातार तेस्रो एकदिवसीय शृंखला कब्जा गरेको छ । यसअघि सेप्टेम्बरमा दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज २–१ ले जितेको थियो । त्यसअघि मार्चमा दुई खेलको एकदिवसीय सिरिजमा आयरल्याण्ड २–० ले पराजित भएको थियो ।

लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको टोलीले सिदिकुल्लाह अटलको रूपमा आफ्नो पहिलो विकेट गुमाएको थियो । उनले १४ रन मात्रै बनाउन सके । तर, रहमानउल्लाह गुरबाजले आफ्नो नाम अनुसार प्रदर्शन गर्न कुनै कसर छोडेनन् । उनले पाँच चौका र सात छक्का प्रहार गर्दै शतक बनाए । उनी बाहेक अजमातुल्लाह उमरजाईले ७० रनको महत्वपूर्ण इनिङ खेल्दै टोलीको जित सुनिश्चित गरे । नाबी ३४ रन बनाएर अविजित रहे । बंगलादेशका लागि नाहिद राना र मुस्ताफिजुर रहमानले २–२ विकेट लिए भने मिराजले एक विकेट लिए ।

पहिला ब्याटिङ गर्दा बंगलादेशले उत्कृष्ट सुरुवात गरेको थियो । तनजीद हसन र सौम्य सरकारबीच पहिलो विकेटका लागि ५३ रनको साझेदारी भएको थियो । जसलाई अजमातुल्लाह ओमरजाईले तोडेका थिए । उनले नवौं ओभरमा सौम्यालाई बोल्ड गरे । उनी तीन चौकाको मद्दतले २४ रन बनाएर आउट भए भने तान्जिद १९ रनको इनिङ खेलेर फर्किए । यसबाहेक कप्तान मेहदी हसन मिराज (६६) र महमुदुल्लाह (९८) को ब्याट चम्किएको थियो । दुवैले अफगान बलरमाथि नियन्त्रण कायम गरेका थिए ।

बंगलादेशका लागि जाकिर हसनले चार रन, तौहिद हृदयले सात रन, जाकिर अलीले एक रन, नसुम अहमदले पाँच रन र शोरिफुल इस्लामले दुई रन बनाए । उमरजाईले ४ विकेट लिए भने रसिद र नाबीले एक एक विकेट लिए ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal