एस्टन भिल्लाको जीत

  • Image नेप्लेज
  • १५ भदौ २०८१, शनिवार
  • 635 पटक हेरिएको
एस्टन भिल्लाको जीत

इंग्लिस प्रिमियिर लिग फुटबलमा एस्टन भिल्ला विजयी भएको छ । शनिबार राति भएको खेलमा एस्टनले लेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । एस्टनको जीतमा अमाडु ओनाना र जोन डुरानले एक एक गोल गरेका थिए ।

लेस्टरका लागि फुकान्डो बुनानोटेले एक गोल फर्काए । लेस्टरको मैदानमा एस्टनले २८ औं मिनेटमा अग्रता लिएको थियो । ओनानाले गोल गर्दै अग्रता दिलाएका थिए ।

६३ औं मिनेटमा अमाडुले गोल गरेपछि एस्टन २–० ले अघि बढेको थियो । ७३ औं मिनेटमा लेस्टरका फुकान्डो बुनानोटेले गोल गर्दै अन्तर २–१ बनाए पनि जित दिलाउन असफल भए ।

प्रिमियर लिगकै इपस्वीच र फुलह्यामले एक एक गोलको बराबरी खेल्दा नटिङघम फरेस्ट र वुल्भ्सले पनि एक एक गोलको बराबरी खेल्दै एक एक अंक लिएका छन् ।