अल नासरलाई हराउँदै अल हिलाल सुपर कप च्याम्पियन

  • Image नेप्लेज
  • २ भदौ २०८१, आइतवार
  • 1314 पटक हेरिएको
अल नासरलाई हराउँदै अल हिलाल सुपर कप च्याम्पियन

काठमाडौँ । अल नासरलाई पराजित गर्दै अल हिलालले साउदी सुपर कपको उपािध जितेको छ। 

प्रिनसी सुल्तान बिन अब्दुल अजिज स्टेडियम शनिबार राति सम्पन्न फाइनल खेलमा अल हिलालले नासरलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। 

पहिलो हाफमा एक शून्य गोलले पछि परेको अल हिलालले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै चार गोल गर्न सफल भयो। 

खेलको ४४औँ मिनेटमा अल नासरको लागि कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर, उक्त अग्रता दोस्रो हाफमा जोगाउन नसक्दा अल नासर उपविजेतामा सिमित बन्यो।