युक्रेनमाथि रोमानियाको सहज जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०३
  • |
  • 355 पटक हेरिएको

काठमाडौं । रोमानियाले युरोकप २०२४ मा विजयी सुरुआत गरेको छ।

जर्मनीको एलियान्ज एरिनामा सोमबार सम्पन्न खेलमा रोमानियाले युक्रेनलाई ३-० गोलले पराजित गरेको हो।

रोमानियाको जितमा कप्तान निकोला स्टान्सिउ, रेजभान मरिन र डेनिस ड्रगुसले गोल गरे।

खेलको २९औं मिनेटमा स्टान्सिउको गोलमार्फत रोमानियाले अग्रता लियो। पहिलो हाफमा १–० को अग्रता बनाएको रोमानियाको लागि मरिनले ५३औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। चार मिनेटपछि नै ड्रगुसले युक्रेनका लागि तेस्रो गोल गरे। 

त्यसपछि थप गोल निस्कन नसक्दा रोमानियाले सहज जित हासिल गर्यो।

जितसँगै समूह ‘इ’ को रोमानियाले तीन अंक जोड्यो। युक्रेनले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey