साबिक विजेता इटालीको पुनरागमन जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०२
  • |
  • 371 पटक हेरिएको

काठमाडौं । साबिक विजेता इटालीले युरोकप २०२४ मा पुनरागमन जित हासिल गरेको छ।

सिग्नल इडुना पार्कामा शनिबार राति सम्पन्न समूह बी को पहिलो खेलमा इटालीले अल्बानियामाथि २-१ गोलअन्तरले विजयी भएको हो। 

इटालीको जितमा अलेसेन्ड्रो बास्टोनी र निकोलो बारेलाले गोल गरे। नेदिम बजरामीको गोल अल्बानियाका लागि सान्त्वना बन्यो।

खेलको २३ सेकेन्डमै बजरामीले गोल गर्दै अल्बानियालाई सुरुआती अग्रता दिलाएका थिए। तर, त्यसको १० मिनेटपछि नै इटाली खेलमा फर्कियो। लोरेन्जो पेलेग्रिनीले दिएको पासमा बास्टोलीले गोल गरे।

१६औं मिनेटमै बारेलाले अर्को गोल गरे। त्यसपछि बाँकी समय कुनै गोल हुन सकेनपछि खेल इटालीले २-१ ले आफ्नो पक्षमा पार्‍यो। यही समूहको पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गरेको थियो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey