विश्वकप खेलेर फर्किएपछि सन्दीप भन्छन्...

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०८
  • |
  • 700 पटक हेरिएको

आईसीसी टी-२० विश्वकपमा सहभागी भइ क्रिकेटर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन् ।  

नेपाली राष्ट्रिय क्रिकेट टीमका अन्य सदस्य तीन दिन अघि नै स्वदेश फर्किएपनि सन्दीप भने शनिबार स्वदेश फर्किएका हुन् । अमेरिकाको भिसा नभएका कारण सन्दीप टोलीसँगै नेपाल फर्किन पाएका थिएनन् । उनी क्यानडा हुँदै नेपाल आएका हुन् । नेपाल आएपछि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सन्दीपले टी(२० विश्वकपको खेल खेल्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको प्रतिक्रिया दिए ।

विश्वकपको अनुभव निकै स्मरणीय रहेको भन्दै टिममा अझै धेरै गर्न बाँकी रहेको उनले बताए । उनले साउथ अफ्रिकालाई दिएको चूनौति निकै राम्रो भएपनि अन्तिम बलमा जित्न नसक्दा दुख लागेको सुनाए ।  

उनले बिभिन्न कारणले आफु केहि समय क्रिकेटबाट बाहिर रहेपनि अव निरन्तर रुपमा लागि पर्ने जिकिर गरे ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey