विश्वकपमा इंग्ल्याण्डले नामेवियालाई हरायो, सुपर एटमा पुग्न अस्ट्रेलिय र स्कटल्याण्डको खेल हेर्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०२
  • |
  • 365 पटक हेरिएको

आइसीसी टी-२० विश्वकप क्रिकेटको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डले समूह चरणको अन्तिम खेलमा जित निकालेको छ । शनिबार राति भएको शनिबार राति भएको वर्षाले प्रभावित खेलमा नामिबियालाई ४१ रनले पराजित गरेको हो । सुपर एटमा पुग्न अब इंग्ल्याण्डले अष्ट्रेलिया र स्कटल्याण्डको खेलको नतिजामा भर पर्नु पर्नेछ । समूह ‘बी’ को अन्तिम खेलमा अष्ट्रेलियाले स्कटल्यान्डलाई हराएमा इंग्ल्याण्डको अन्तिम आठमा प्रवश गर्ने छ ।

३ घण्टा ढिलो सुरु भएको खेलमा इंग्लिस टोलीलाई भाग्य, मौसम र पिचको साथ मिलेको थियो । एन्टिगुवामा बेलाबेलामा पानी परेको थियो र ओभर घटाइएको थियो ।

नामिबियाले टस जितेर बलिङ रोजेको थियो । इंग्ल्यान्डले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १२१ रन बनाए पनि डिएलएस पद्धतिमा १२२ बाट १२७ रन बनाएको थियो । जवाफी इनिङ्समा नामिबियाको सुरुवात सुस्त रह्यो र टोलीले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो ।

ह्यारी ब्रुक खेलको प्लेयर अफ द म्याच भए । उनले २० बलमा अविजित ४७ रनको महत्वपूर्ण इनिङ खेले । यसैगरी जोनी वेरिस्टोले ३१ रन बनाउँदा मोइन अलीले १६ रन जोडे । त्यस्तै, फिल साल्टले ११ रन बनाउँदा लियाम लिभिङस्टोन १३ रन बनाएर रनआउटको शिकार भए । नामिबियाका रुबेने ट्रम्पलम्यानले २ विकेट लिए ।

जवाफामा नामिबियाका ओपनर मिचेल भान लिंनगेनले २९ बलमा ३३ रन बनाउँदा निकोलस डाभिनले १६ बलमा १८ रनको पारि खेले । यस्तै, डेभिड वाइजले १२ बलमा २७ रनको पारि खेल्दा पनि निर्धारित ओभरमा ३ विकेट गुमाएर ८४ रनमात्रै बन्दा टोलीले जित निकाल्न असफल भयो ।

इंग्ल्याण्डका जोफ्रा आर्चर र क्रिस जोर्डनले एक एक विकेट लिए । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey