पुलिस र एभरेस्ट विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-२२
  • |
  • 407 पटक हेरिएको

काठमाडौं । आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा एभरेस्ट भलिबल क्लब विभागिय टोली नेपाल पुलिस क्लबले लगातार तेस्रो जित हासिल गरेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कबर्डहलमा मंगलबार सम्पन्न खेलमा एभरेस्टले चन्द्रगिरि नगरपालिका न्यूडायमन्ड एकेडेमीलाई ३(० को सोझो सेटमा पराजित गरेको हो।

एभरेस्टले २५-२१, २५-१९ र २५-१८ ले खेल आफ्नो पक्षमा पार्‍यो।

यस्तै अर्को खेलमा पुलिसले अर्को विभागिय टोली एपिएफलाई ३० को सोझो सेटमा पराजित गरेको हो। 

पुलिसले २५-२१, २५-१७ र ३०-२८ ले खेलमा आफ्नो पक्षमा पार्‍यो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey