भारत र बंगलादेश विश्वकपको अन्तिम अभ्यास खेलमा भिड्दै

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०२-१९
  • |
  • 659 पटक हेरिएको

भारत र बंग्लादेशबीच आइसीसी टी-२० विश्वकप अन्तर्गत अभ्यास खेलमा आज भेट हुँदै छ । न्यूयोर्कको क्यान्टी पार्कमा सुरुहुने खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि हुने छ ।  टी-२० विश्वकप सुरु हुनुअघिको यो अन्तिम अभ्यास खेल हो । भारतीय क्रिकेटर विराट कोहली न्यूयोर्क पुगेका छन्, तर अभ्यास खेल खेल्ने छैनन् । 

१५ खेलाडीको टोलीमा भर्खरै आईपीएल खेलेका खेलाडीहरू समावेश छन् । केही भारतीय खेलाडीहरूको लागि, यो अभ्यास खेल एक प्लेटफर्म हो जहाँ उनीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन दिएर टोलीमा आफ्नो स्थान सुरक्षित गर्न सक्छन् ।

बंगलादेशसामु चुनौती आत्मविश्वास बढाउनु हो, किनकि उसले भारतसँग पछिल्लो ५ टी-२० अन्तर्राष्ट्रिय खेलमध्ये ४ हारेको छ । यसमा २०२२ को टी-२० विश्वकपको खेल पनि समावेश छ ।

उक्त खेलमा बंगलादेश ३० रनले पराजित भएको थियो । विराटको ६४ रनको इनिङका कारण बंगलादेशले १८५ रनको लक्ष्य दिएको थियो । अर्शदीप र हार्दिकले २-२ विकेट लिए र बंगलादेशी टोलीलाई १४५ रनमा सीमित गरे ।

भारत र बंगलादेशबीच १३ वटा टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । १२ खेल भारतले जितेको थियो भने १ खेल बंगलादेशले जितेको थियो । टी-२० विश्वकपमा दुवै टोली ४ पटक भिडेका छन् भने बंगलादेशले चारै पटक हार बेहोरेको छ ।

बंगलादेशसँगको भारतको अभ्यास खेल खेलाडीहरूलाई त्यहाँको अवस्थासँग परिचित हुन महत्वपूर्ण हुनेछ । भारतीय टोलीले आफ्नो कम्बिनेशन पनि हेर्ने छ ।

आज दुवै टोलीले टस जितेर पहिले ब्याटिङ गर्न चाहन्छन् र अभ्यास खेलमा आफ्ना महत्वपूर्ण ब्याट्सम्यानलाई परिक्षण गर्ने पूरा मौका दिनेछन् । एसियाली खेलकुद-२०२२ को सेमिफाइनलमा भारत र बंगलादेशबीचको अन्तिम भिडन्त भएको थियो । हङझाउमा भएको खेलमा भारतीय टोली ९ विकेटले विजयी भएको थियो । भारतले बंगलादेशबाट पाएको ९७ रनको लक्ष्य ९.२ ओभरमा एक विकेट गुमाएर पुरा गरेको थियो ।  

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey