वेस्ट इन्डिज ‘ए’सँग नेपाल दोस्रो खेल खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१६
  • |
  • 1151 पटक हेरिएको

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत दोस्रो खेल आइतबार खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२:१५ बजेबाट शुरू हुने छ। शनिबार सम्पन्न पहिलो खेलमा नेपालले पाहुना टोली वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछयाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो। 

अन्तिम ओभरमा नेपाललाई जितका लागि ९ रन चाहिएको थियो। उक्त ओभर गर्न ओशान थोमस आएका थिए। उनको पहिलो बलमा गुल्शनकुमार झाले १ रन मात्रै लिए।

दोस्रो बलमा प्रतिश जीसीले पुन: १ रन लिए। तर, तेस्रो र चौथो बलमा लगातार २ चौका प्रहार गर्दै गुल्शनले नेपाललाई जित दिलाए।

गुल्शनकुमार झा ४ बलमा २ चौकासहित ९ र प्रतिश जीसी २ बलमा १ चौकासहित ५ रनमा अविजित रहे। कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ११२ रन बनाए। ५६ बल खेलेका उनले १० चौका र ८ छक्का प्रहार गरे।

दीपेन्द्रसिंह ऐरी २४, कुशल मल्ल १६ र कुशल भुर्तेल १६ रनमा आउट भए।  वेस्ट इन्डिजका म्याथ्यू फोर्डे र ओबेद म्याककोएले २/२ विकेट लिए। किमो पलको नाममा १ विकेट रह्यो।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेलिरहेको हो। उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey